Logo
२३ भाद्र २०८१, आईतबार
(September 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो देखियो ‘पिलाएपछि’ मा गलबन्दी गर्ल अन्जली (भिडियोसहित)

गायक युवराज कार्कीको नयाँ गीत ‘पिलाएपछि’ सार्वजनिक भएको छ । गीतमा ‘बोल माया’ र ‘गलबन्दी’ जस्ता गीतमा अभिनय गरेर चर्चा कमाएकी मोडल अन्जली अधिकारीले कम्मर मर्काएकी छिन्।

युवराजकै शब्द र संगीत रहेको गीतको भिडियोमा अन्जलीसँगै कमल, साया, प्रिन्स लगायत फिचर्ड छन्। विशाल निरौलाले एरेन्ज गरेको गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका छन्।

सम्पादन मिलन विश्वकर्माको छ। गीतको भिडियो कोरियोग्राफी एवम् निर्देशन विक्रम चौहानले गरेका छन्।

भिडियो :

प्रकाशित मिति: Sep 19, 2019

प्रतिक्रिया दिनुहोस्