बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौँ महानगरपालिका-१५ स्थित अन्नपूर्ण चोकमा यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार साँझ बसले मोटरसाइकललाई ठक्कर दिएपछि चालकको मृत्यु भएको हो ।
बा ३ ख १८३३ नम्बरको यात्रुवाहक बसले बा ९८ प २७१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सानो भर्याङ निवासी मोटरसाइकल चालक २० वर्षीय सम्मान भट्टको मृत्यु भएको हो ।
बसका चालक तारकेश्वर-४ नुवाकोट स्थायी घर भएका खडानन्द अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत स्वयम्भुका प्रहरी नायब उपरिक्षक (डीएसपी) लालध्वज सुवेदीका अनुसार सवारी ज्यान मुद्दामा कारबाही चलाइएको छ ।
मृतक भट्टको शव पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।