Logo
१५ मंसिर २०८१, शनिबार
(September 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने नेपाल एयरलाइन्सको घोषणा

काठमाडौं : नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिए ।

यस अघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय सार्वजनिक गरेका थिए । यसको शुरुवात सरकारी स्वामित्वको कम्पनीबाटै गर्ने उद्देश्यअनुसार उक्त निर्णय भएको हो ।

यसैबीच निगमले दशैंका लागि अग्रिम बुकिङसमेत खुलाएको छ । अब निगमको आन्तरिक उडानमा यात्रुहरुले अग्रिम बुकिङ गरी टिकट लिन सक्ने भएका छन् । अधिकतम जहाजको उपयोग गरी दशैंमा यात्रुलाई सेवा दिने उद्देश्य रहेको निगमको भनाइ छ ।

यसअघि निजी हवाइ कम्पनीहरूले भने चाडपर्वको अवसरमा हवाइ भाडामा १० प्रतिशत छुट दिने घोषणा गरेका थिए । वायुसेवा सञ्चालक संघ नेपालले दशैँदेखि छठसम्मको लागि १० प्रतिशत भाडा छुट दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति: Sep 18, 2019

प्रतिक्रिया दिनुहोस्