Logo
९ बैशाख २०८२, मंगलबार
(April 14, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ललितपुरका मेयर र चीनस्थित नेपाली राजदूतले चचिआङ प्रान्तमा उद्घाटन गरे नेपाल मण्डप

काठमाडौं । ललितपुर महागनरपालिकाका मेयर चिरिबाबु महर्जन तथा बेइजिङस्थित नेपाली राजदूत कृष्णप्रसाद ओलीले चीनको तटीय प्रान्त चचिआङको हाङ्चाओमा नेपाल मण्डप उद्घाटन गरेका छन् ।

हाङचाओ सहरका उपमेयर चन वेइछिआङसमेत सहभागी भएर उद्घाटन गरिएको मण्डपले उक्त शहरमा नेपाल चिनाउने र नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्षगाँठको अवसरमा राम्रो कदम भएको राजदूत ओलीले बताएको दूतावासले उल्लेख गरेको छ ।

यस्तै, मेयर महर्जनले ललितपुरको सम्पदा क्षेत्रको मौलिकताको चर्चा गरेर सन २०२५ मा चीनले नेपाल भ्रमण वर्षको मान्यता दिएको भन्दै नेपाल आउन आग्रह गरे ।

हाङचाओका उपमेयरले नेपाल र चीन जोड्ने आधार बुद्ध धर्म भएको भन्दै नेपाल मण्डल ललितपुर र हाङचाओको मित्रताको बिम्ब बन्ने बताए ।

जी–२० सम्मेलनदेखि एसियाली खेलकुदसम्म भएको हाङचाओ सहरमा वीपी कोइराला र माओको पनि भेट भएको थियो । यो चीनको व्यापारिक नगर साङ्घाई नजिकै रहेको अर्को पूर्वी चीनको चर्चित सहर हो ।

प्रकाशित मिति: Apr 14, 2025

प्रतिक्रिया दिनुहोस्