Logo
९ बैशाख २०८२, मंगलबार
(April 14, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागलुङमा जिप दुर्घटना हुँदा १० जना घाइते

१ वैशाख, बागलुङ । बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर २ कटेरीमा पिकअप जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

सोमबार दिउँसो ग १ ज ५७०५ नम्बरको पिकअप जिप दुर्घटना हुँदा १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) विजय यादवले जानकारी दिए ।
घाइतेहरुलाई उपचारका लागि बुर्तिबाङ अस्पताल पठाइएको छ ।

उक्त जिप बोङ्गादोभानबाट कटेरीतर्फ जाँदै गरेको थियो । जिपमा चालकसहित ११ जना थिए । कच्ची बाटोमा उकालो चढ्ने क्रममा ब्रेक फेल भएर जिप दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

घटनास्थल प्रहरी चौकी बोङ्गादोभान बागलुङबाट अन्दाजी  ५ किलोमिटर उत्तरमा पर्दछ ।

प्रकाशित मिति: Apr 14, 2025

प्रतिक्रिया दिनुहोस्