म्यानमारमा भूकम्पका घाइतेकाे उपचार गरी फर्किएको टोलीलाई जंगी अड्डामा सम्मान
प्रधानसेनापति अशोकराज सिग्देलले जंगी अड्डीमा आयोजित एक कार्यक्रमका बिच सो टोलीलाई ‘प्रधानसेनापति प्रशंसा निसान’ द्वारा सुशोभित गरेका थिए ।
सो टोली चैत २० गते म्यानमार प्रस्थान गरी चैत २९ स्वदेश फर्किएको थियो । सेनाको सो टोलीमा शल्यक्रिया विशेषज्ञ, हाड जोर्नी विशेषज्ञ, मेडिकल अधिकृत, नर्स तथा प्यारामेडिकलहरु सहित खटिएको थियो ।
सो टोलीले म्यानमारमा १३३ जनाको शल्यक्रिया, २४८ जनाको हाडजोर्नीसम्बन्धी उपचार र ९६५ जना बिरामीहरुलाई ओपीडी सेवा प्रदान गरेको थियो । सम्मान कार्यक्रममा सेनाका बलाध्यक्ष, रथी तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।