राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनलाइन टिकट सुरु
बुटवल । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेवालाई प्रविधिमैत्री बनाएको छ । जसअनुसार अब घरबाट नै अनलाइन टिकट काट्न र ल्याब रिपोर्ट पनि मोबाइल वा कम्प्युटरमै हेर्न सकिने व्यवस्था मिलाइएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका रजिस्ट्रार श्याम लम्सालले प्रतिष्ठानमा सेवा लिन आउने बिरामीहरूको सङ्ख्या अत्यधिक बढ्न थालेपछि संस्थागत सुधारमा लागि यस्तो सुविधा थपिएको बताए।
उनले अनलाइन टिकट काट्ने र ल्याब रिपोर्ट पनि अनलाइनमै हेर्न सकिने व्यवस्था मिलाएका कारण अब बिरामीले लाइन लाग्नुपर्ने बाध्यता अन्य हुने अपेक्षा गरिएको बताए ।
प्रतिष्ठानबाट दैनिक ८ सय भन्दा धेरै बिरामीले सेवा लिँदै आएका छन् ।