Logo
४ बैशाख २०८२, बिहीबार
(April 13, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गभर्नर नियुक्तिको मापदण्ड संशोधनविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, ३१ चैत । गभर्नर नियुक्तिको मापदण्ड संशोधनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सरकारले गभर्नर नियुक्तिको मापदण्डमा रहँदै आएको ६५ वर्षीय उमेर हद हटाएको थियो । गभर्नर नियुक्तिको मापदण्डमा उमेर हद हटाउने सरकारको निर्णयविरुद्ध अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले रिट दायर गरेका हुन् ।

सरकारले गभर्नर नियुक्तिमा व्यक्तिलक्षित गरेर मापदण्ड संशोधन गरेको भनी आलोचनासमेत भइरहेको थियो । रिट निवेदनमा संशोधन भएको उक्त मापदण्ड बदर गर्न माग गरिएको छ । आगामी मंगलबार उक्त रिटको सुनुवाइका लागि पेशी तोकिएको छ ।

प्रकाशित मिति: Apr 13, 2025

प्रतिक्रिया दिनुहोस्