नेपालको संविधान अत्यन्तै राम्रो र सबैलाई मिलाउन सक्ने छः देउवा
काठमाडौं, ३१ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान सबै सबैलाई मिलाउन सक्ने र अत्यन्तै राम्रो रहेको बताएका छन् । आज (आइतबार) नेपाल मुस्मिल संघको इद मिलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस संविधानमा मुस्लिम समुदायलगायत सबै समुदायको प्रतिनिधित्व सुनिश्चित रहेको बताएका हुन् ।
उनले देश समावेशी र समानुपातिकताको आधारमा अघि बढिरहेको पनि बताए । ‘नेपालको संविधान अत्यन्तै राम्रो छ । कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ । तर, पनि सबैलाई मिलाउन सक्ने संविधान छ,’– सभापति देउवाले भने ।
सभापति देउवाले कांग्रेसमा मुस्लिम समुदायबाट राम्रो प्रतिनिधित्व रहेको बताए । उनले कांग्रेसको विधान समावेशी समानुपातिक रहेको र पार्टीमा मुश्लिम समुदायबाट पनि ठूला–ठूला नेता रहेको उनले बताए ।