गाजाको अधिकांश क्षेत्रमा आक्रमण बढाउने इजरायली सेनाको घोषणा
गाजा — इजरायलका रक्षामन्त्री इजरायल कात्जले अब छिट्टै इजरायली सेनाले गाजाको अधिकांश क्षेत्रमा आफ्नो आक्रमण बढाउने घोषणा गरेका छन् ।
रक्षामन्त्री कात्जले इजरायली रक्षाबलले गाजापट्टीको दक्षिणी क्षेत्र रफाह र खान युनिस सहरको बीचमा एक सुरक्षा क्षेत्रमा कब्जा गरेको पनि दाबी गरेका छन् ।
इजरायली सेनाले खान युनिस र त्यसको आसपाको क्षेत्र खाली गराउनका लागि स्थानीयलाई आग्रह गरेको छ । उक्त आदेशमा इजरायली सेना ‘गाजाबाट गरिएका हवाई आक्रमण, जसको जिम्मेवारी हमासले दिएको छ’ अब त्यसको जवाफी आक्रमणको तयारी गरिरहेको बताइएको छ ।
दुई महिनाको युद्धविरामपछि १८ मार्चमा इजरायलले हमासविरुद्ध आफ्नो आक्रमण फेरि सुरु गरेको थियो । त्यबेलादेखि गाजाको अधिकांश क्षेत्रमा इजरायली सेनाको कब्जा छ । जस कारण गाजाबाट स्थानीयहरु हजारौंको संख्यामा विस्थापित भइरहेका छन् ।