Logo
९ बैशाख २०८२, मंगलबार
(April 10, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीद्वारा महावीरको जन्म दिवसमा शुभकामना

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले तीर्थकङ्र भगवान् महावीरको २६२४औँ जन्मदिवसका अवसरमा शुभकामना दिँदै सबैमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

उनले भनेका छन्,’नेपाल जैन परिषद्को आयोजना तथा विभिन्न सङ्घसंस्थाको सहभागितामा महावीरको २६२४औँ जन्मदिवसलाई अहिंसा दिवसका रूपमा मनाउन लागिएको छ । यस अवसरमा खुसी व्यक्त गर्दै सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु ।’

जैन दर्शन प्राचीन दर्शनमध्ये एक भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मानवीय मूल्यमा आधारित दर्शनले व्यक्तिको जन्म र मृत्युको क्रमबाट मुक्त हुनुपर्ने धारणा राख्दै व्यक्ति सांसारिक विषयबाट बन्धनमा रहने र यसबाट मुक्त हुनुपर्ने मान्यता उल्लेख गरेका छन् ।

आध्यात्मिक अनुभवमार्फत यसले स्वतन्त्र व्यक्तित्व वा सम्पूर्णता प्राप्त हुने उनको भनाइ छ । ‘वेदको प्रामाणिकतालाई विश्वास नगरी सांसारिक कर्मबाट मुक्ति र सम्यक प्रषार्थ जैन दर्शनको मौलिक मान्यता हो, संसारमा दुःख रहेको र दुःखको मूल कारण कर्मलाई यस दर्शनले मान्ने गरेको छ,’ उनले भनेका छन् । रोग, द्वेष, मोह आदि विकार तत्त्वमाथि विजय प्राप्त गरेर तीर्थकङ्र बन्न सकिने धारणा यस दर्शनमा रहेको उनले उल्लेख गरेका छन् ।

सोही अवसरमा गृहमन्त्री रमेश लेखकले पनि तीर्थकङ्र भगवान् महावीर स्वामीको जन्मजयन्ती अवसरमा सम्पूर्ण जैन समुदायलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

भगवान् महावीरले मानव जातिलाई अहिंसा, सत्य, अपरिग्रह, ब्रह्मचर्य र अस्तेयजस्ता उच्च नैतिक आदर्शहरू प्रदान गरेको उल्लेख गर्दै गृहमन्त्री लेखकले भगवान् महावीको मार्गदर्शनले समाजमा शान्ति, सहिष्णुता र सद्भाव फैलाउँदै विश्वशान्तिको स्थापना गर्न महत्त्वपूर्ण योगदान पुर्याएको बताएका छन् ।

प्रकाशित मिति: Apr 10, 2025

प्रतिक्रिया दिनुहोस्