सुर्खेत उपत्यका नगर विकास समितिमा अख्तियारको छापा
सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरेन्द्रनगर स्थित सुर्खेत उपत्यका नगर विकास समितिमा छापा मारेको छ । आज बिहान ९ बजेतिर अख्तियारले छापा मारेको हो ।
अख्तियारको ट्ङ्गाल स्थित कार्यालयमा परेको उजुरीका आधारमा अख्तियारको टोलीले छापा हानेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयका सूचना अधिकारी धर्मराज खत्रीले जानकारी दिए ।
‘विषय अनुसन्धानपछि थाह होला, हामीले केन्द्रमा परेको उजुरीका आधारमा कागजात नियन्त्रणमा लिएका छौँ,’ उनले भने ।
स्रोतका अनुसार नगर विकास समितिका एक कर्मचारीले ठुलो रकमको राजस्व हिनामिना गरेको छन् । सोही आधारमा उजुरी परेको थियो ।