Logo
४ बैशाख २०८२, बिहीबार
(April 8, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज मधेस प्रदेशसभामा प्रधानमन्त्री ओलीको सम्बोधन

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेस प्रदेशसभामा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । सबै प्रदेशमा प्रधानमन्त्रीले सम्बोधन गर्ने शृंखलाअन्तर्गत उनले आज जनकपुरस्थित मधेस प्रदेशसभामा आफ्नो मन्तव्य दिनेछन् ।

सभामुख रामचन्द्र मण्डलका अनुसार, प्रधानमन्त्री ओलीले बिहान ११:३० बजे प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसअघि, उनी बिहान १०:३० बजे हेलिकप्टरमार्फत जनकपुर आइपुग्नेछन् । जनकपुर विमानस्थलबाट उनी सिधा प्रदेशसभा भवन पुग्नेछन् ।

प्रधानमन्त्रीको आगमनलाई मध्यनजर गर्दै प्रदेशसभा सचिवालयले विशेष तयारीहरू गरेको जनाएको छ । सभा हलमा कार्पेट बिछ्याउनेदेखि सभा भवन बाहिर विशेष स्वागत गेट निर्माणसम्मका कामहरू सम्पन्न भएका छन् ।

प्रदेशसभा सम्बोधनपछि प्रधानमन्त्री ओली सिरहा प्रस्थान गर्ने र त्यहाँ आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ । आज जनकपुरकाे सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रकाशित मिति: Apr 8, 2025

प्रतिक्रिया दिनुहोस्