Logo
४ बैशाख २०८२, बिहीबार
(April 7, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तीनकुनेको घटनामा संलग्न आरोपमा एनी कुँवर पक्राउ

काठमाडौँ । काठमाडौँको तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा संलग्न आरोपमा प्रहरीले एनी कुँवरलाई पक्राउ गरेको छ । कुँवरले पत्रकार सुरेश रजक जलेको घरमा ताला लगाएर फर्केको जस्तो देखिने भिडियो सामाजिक सञ्जालमा भाइरल छ । कुँवर अभिनेत्री समेत हुन् ।

घरमा आगजनी भएपछि उनले फेसबुक लाइभ गरेर ‘बचाउन आउनुहोला’ भनेर आग्रह गरेकी थिइन् । प्रदर्शन स्थलमा गएर अवाञ्छित गतिविधि गरेको आरोपमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयकाले  बताए ।

उनले भने, ‘अनुसन्धानको लागि उहाँलाई हामीले ललितपुरबाट पक्राउ गरेका छौँ ।’ कुँवरले एक दशकअघि फिल्म ब्रह्माबाट रजतपट यात्रा सुरु गरेकी थिइन् ।

प्रकाशित मिति: Apr 7, 2025

प्रतिक्रिया दिनुहोस्