Logo
४ बैशाख २०८२, बिहीबार
(April 7, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आइडिया स्टुडियोको ४५ उत्कृष्टमा ‘गिफ्ट के दिऊ डटकम’ पनि छनोट

आइडिया स्टुडियोको ४५ उत्कृष्ट आइडियाहरू मध्ये ‘गिफ्ट के दिऊ डटकम’ पनि छनोट भएको छ । २५८ आइडियाहरुमध्ये जम्मा ४५ ओटा आइडियालाई इन्क्युबेसन चरणका लागि छनोट गरिएको हो ।

जसमा ‘गिफ्ट के दिऊ डटकम’लाई पनि छनोट गरिएको छ । कोशी प्रदेश स्थित सुनसरी इनरुवाका शिवनारायण पंडित यस ‘गिफ्ट के दिऊ डटकम’का संचालक हुन् ।

उनले अनलाइनको माध्यमबाट यो स्टाटपको सुरुवात गरेका थिए । केहि महिना वैदशिक रोजगारमा बिताएका शिवनारायणले नेपालमै बसेर केहि गर्न सकिन्छ भन्दै गिफ्ट के दिऊ डटकम संचालनमा ल्याएका हुन् ।

यी ४५ आइडियाहरूलाई इन्क्युबेसन चरणमा व्यवसाय विकास, वित्तीय योजना, ब्रान्डिङ, मार्केटिङ र लगानी तयारीलगायतका तालिम र मार्गदर्शन प्रदान गरिनेछ ।

त्यसपछि उत्कृष्ट ३० आइडियाहरू अन्तिम फाइनल पिचिङ चरणमा पुग्नेछन्, जहाँ उनीहरूले लगानीकर्तामाझ पिच गर्ने अवसर पाउनेछन् ।

यसले समावेशी उद्यमशीलता र रिटर्नी माइग्रेन्टहरूको भूमिकालाई मजबुत बनाएको आयोजकको भनाइ छ । गिफ्ट के दिऊ डटकमका अलावा छनोटमा परेका केही प्रमुख उद्यमहरूमा ‘आमा छोरी अचार’, ‘गोर्खा वाच’, ‘कपडा डट कम’, ‘एचआर साथी’, ‘जय दुबेराली फलफूल प्रशोधन उद्योग’ र ‘कनेक्ट किसान’ समावेश छन् ।

यसपटक छनोटमा परेका आइडियाहरू देशका विभिन्न जिल्लादेखि विदेशमा रहेका नेपालीहरूले समेत पेस गरेका थिए । २० आइडिया वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरूको अगुवाइमा छन् भने ५० आइडिया विपन्न तथा सीमान्तकृत समुदायबाट आएका छन् ।

आइडिया स्टुडियो नेपालुद्वारा सञ्चालित राष्ट्रिय उद्यमशीलता कार्यक्रम ‘नेसनल आइडिया हन्ट सिजन– ८’ अन्तर्गत २५८ आइडियामध्ये ८८ जनाले आफ्नो विचार प्रस्तुत गरेपछि ४५ उत्कृष्ट आइडियाहरू इन्क्युबेसन चरणका लागि छनोट गरिएको हो ।

आइडिया स्टुडियो नेपालले विगत १२ वर्षदेखि नेपाली युवाहरू, घरेलु उद्यमी र सीमान्तकृत समुदायका विचारहरूलाई व्यवसायमा रूपान्तरण गर्दै आएको छ । अहिलेसम्म १३५ भन्दा बढी स्टार्टअपहरूले यस अभियानबाट प्रत्यक्ष लाभ लिएका छन् ।

प्रकाशित मिति: Apr 7, 2025

प्रतिक्रिया दिनुहोस्