भृकुटीमण्डपमा प्रशासनले रोक लगाएपछि बल्खुमा आमसभा गर्ने राप्रपाको तयारी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको आमसभा बल्खुमा गर्ने तयारी गरेको छ । मंगलबार भृकुटीमण्डपमा गर्ने भनिएको आमसभा जिल्ला प्रशासन कार्यालयले सुरक्षा दृष्टिकोणलाई कारण देखाउँदै बल्खु र सिफलमध्ये एक ठाउँमा गर्न सुझाव दिएको थियो । सोमध्ये राप्रपाले बल्खुमा आमसभा गर्ने भएको हो ।
प्रशासनले रोक लगाएपछि आफूहरुको आमसभा बल्खुमा गर्नेगरि तयारी भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए । उनले भने, ‘प्रशासन ले नै रोक लगाएर २ वटा ठाउँहरु सुझायो । तीमध्ये बल्खुमा कार्यक्रम गर्ने निचोडमा हामी पुगेका छौँ ।’
राप्रपाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा रहेको आन्दोलन परिचालन मूल समितिले नै राजसंस्था पुनर्स्थापनालगायत एजेन्डामा आन्दोलन गर्ने निर्णय गरेको हो । सो सभालाई नवराज सुवेदी नेतृत्वको (राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति) ले पनि समर्थन जनाएको छ।