Logo
४ बैशाख २०८२, बिहीबार
(April 7, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रवि लामिछाने कारागार चलान

रुपन्देही — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रहरीले रुपन्देही जिल्ला अदालतमा पेस गरेर जिल्ला कारागार चलान गरेको छ ।

शुक्रबार राति काठमाडौंमा पक्राउ परेका उनलाई शनिबार बिहान भैरहवा ल्याइएको थियो । दुई दिन बिदा भएपछि उनलाई जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा राखिएको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रबार थुनामा राख्न आदेश दिएपछि प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति: Apr 7, 2025

प्रतिक्रिया दिनुहोस्