Logo
१ बैशाख २०८२, सोमबार
(April 7, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रविलाई आज अदालतमा उपस्थित गराएर थुनामा पठाईदै

काठमाडौं, चैत २५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदैछ । शुक्रबार काठमाडौंबाट पक्राउ गरी भैरहवा लगिएका लामिछानेलाई आज रूपन्देही जिल्ला अदालतमा उपस्थित गराउन लागिएको हो ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनसार लामिछानेलाई कार्यालय समय सुरू भएपछि अदालतमा उपस्थित गराइन लागिएको हो । लामिछानेलाई अदालत उपस्थित गराई प्रक्रिया पूरा गरेपछि आजै थुनामा पठाउने प्रहरीको तयारी रहेको छ ।

सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याउँदै शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा पठाउन आदेश गरेको थियो । त्यसअघि लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश गरेको थियो । उक्त आदेशलाई बदर गरी साधारण तारेखमा छुट्ने आदेशको माग गर्दै लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए ।

प्रकाशित मिति: Apr 7, 2025

प्रतिक्रिया दिनुहोस्