“राज्यले पत्रकारको क्षमता अभिबृद्धिमा पर्याप्त लगानी गर्नुपर्छ” -बागमती प्रदेशसभा सदस्य लामा
ललितपुर । राज्यले पत्रकारको क्षमता अभिबृद्धिमा पर्याप्त लगानी गर्नुपर्छ भन्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
गोदावरी नगरपालिका वडा नं. ३ गोदावरीको सहयोगमा नेपाल पत्रकार महासंघ ललितपुर शाखाले आज शुक्रबार यहाँ आयोजना गरेको विपद व्यवस्थापन तालिममा धारणा राख्नुहुँदै बागमती प्रदेशसभा सदस्य उर्मिला लामाले पत्रकार भनेको समाजको ऐना हो भन्दै राज्यले राम्रो र उत्कृष्ट पत्रकार उत्पादन गर्न पर्याप्त लगानी गर्न सक्नुपर्नेमा जोड दिनुभएको हो।
“पत्रकारको उचित पारिश्रमिक र सेवासुविधाका साथै क्षमता अभिबृद्धिको व्यवस्था गरिनुपर्छ, कानूनी रुपमा नै नीतिगत व्यवस्था गरेर पत्रकारितामा उत्प्रेरित गर्न राज्यले ध्यान दिनुपर्छ, बागमती प्रदेशमा नीतिगत योजना बनाउँदै गर्दा हामी यी बिषयहरुलाई सम्बोधन गर्न ध्यान दिनेछौं, पत्रकारहरुलाई सक्षम र सबल बनाउन योगदान दिने कुराले समाजलाई सकरात्मक दिशामा लैजान सहयोग पुग्छ, विपदको बिषयमा केन्द्रीत यस तालिमले नयाँ उर्जा सहित पत्रकारहरुमा सीप र दक्षता हासिलमा सफलता प्राप्त हुने छ।” लामाले भन्नुभयो ।
उहाँले पत्रकारहरुलाई विपद न्युनिकरण सम्बन्धी तालिम समय परिस्थिति अनुसारको कार्यक्रम भएको भन्दै जोखिम मोलेर विपदको समयमा समाचार संकलन र सम्प्रेषण गर्ने पत्रकारले आफूलाई सुरक्षित राखेर काम गर्न ज्ञान सीप हासिल गर्ने विस्वास व्यक्त गर्नुभयो । उहाँले विपदमा पत्रकारिता जोखिमसंगसंगै चुनौतीपूर्ण हो भन्दै कठिन समयमा सफलतापूर्वक सुरक्षित काम गर्न सहयोग पुर्याउने धारणा राख्नुभयो। उहाँले समाजलाई रुपान्तरण गर्न भूमिका निर्वाह गर्ने सन्दर्भमा पत्रकारहरुलाई दिइने यस्ता तालिमहरु महत्त्वपूर्ण हुने भन्दै समाजलाई अग्रगामी दिशातर्फ बढाउन पत्रकारको भूमिका अत्यन्तै प्रभावकारी हुने बताउनुभयो ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले
विपदको जोखिम न्युनिकरण सबैको साझा दायित्व भएको बताउँदै पत्रकारिता क्षेत्रको भूमिका प्रभावकारी हुने बताउनुभयो ।
गोदावरी नगरपालिका वडा नं. ३ गोदावरीका अध्यक्ष सानुराज (राज) घिमिरेले समाजमा धेरै किसिममा विपदका घटनाहरु हुने हुँदा सचेत नहुँदा ज्यान नै जानसक्ने हुँदा यसलाई गम्भीरतापूर्वक ध्यान दिएर सूरक्षित रहेर समाचार सम्प्रेषण गर्दै जनतालाई सुसूचित गराउन सफल हुने विश्वास व्यक्त गर्नुभयो।समाजमा सकरात्मक प्रभाव पार्न पत्रकारहरुको महत्त्वपूर्ण भूमिका हुने हुँदा विपदमा सबैले प्रभावकारी काम गर्नसक्नेगरी समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले समयसान्दर्भिक बिषयबस्तुमा आधारित रहेर सूरक्षालाई पहिलो प्राथमिकता दिएर पत्रकारिता गर्न प्रेरित गर्न यो लालिम प्रभावकारी हुने बताउनुभयो । उहाँले बाढि र पहिरो चुनौती, प्रदुषणको चुनौतीकाबिच सुरक्षित रहेर समाचार सम्प्रेषण गरि आवश्यकताको उजागर गर्न सञ्चारकर्मीलाई सुसूचित गराउन यो तालिम सफल हुने विस्वास गर्नुभयो ।
सशस्त्र प्रहरी बल दक्षिणकाली गण सातदोबाटोका प्रहरी उपरीक्षक (एसपी) राजेश लामिछाने नागरिकको सुरक्षाका लागि विपदमा प्रभावकारी काम गर्न यो तालिमले ज्ञान, सीप र दक्षता प्रदान गर्ने विस्वास व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्की पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि गरिने विभिन्न किसिमका तालिमहरु सञ्चालन गरिरहेको महासंघले विपदमा सुरक्षित रहेर समाचार संकलनका लागि ज्ञान र सीप प्रदान गर्ने अभिप्रायले यो तालिम आयोजना गरिएको बताउनुभयो