Logo
२४ चैत्र २०८१, सोमबार
(April 4, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तीनकुने घटना छानबिन गर्न मानवअधिकार आयोगद्वारा समिति गठन

राष्ट्रिय मानवअधिकार आयोगले तीनकुने घटना छानबिन गर्न समिति बनाएको छ । चैत १५ मा प्रहरी र राजावादीबीच झडप हुँदा पत्रकारसहित २ जनाको मृत्यु र दर्जनौं घाइते भएका थिए ।

आयोगले शुक्रबार सदस्य मनोज दुवाडीको संयोजकत्वमा छानबिन समिति बनाएको हो । प्रहरीको गोली लागि सविन महर्जनको मृत्यु भएको हो भने आन्दोलनकारीले निजी भवनमा लगाएको आगोमा जलेर फोटो पत्रकार सुरेज रजकको ज्यान गएको थियो ।

आक्रोशित राजावादी प्रदर्शनकारीले घर, कलकारखाना, पार्टी कार्यालय, सञ्चारगृहमा समेत तोडफोड गरेका थिए ।

प्रकाशित मिति: Apr 4, 2025

प्रतिक्रिया दिनुहोस्