वैदेशिक रोजगार संघको प्रथम उपाध्यक्षमा अख्तर हुसेनको उम्मेदवारी
मेनपावर व्यवसायीहरुका छाता संगठन वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनमा अख्तर हुसेनले प्रथम उपाध्यक्ष पदमा उम्मेद्धारी घोषणा गरेका छन् ।
हुसेन ओभरसिज इम्प्लोइमेन्टका संचालक उनी लामो समयदेखि वैदेशिक रोजगार व्यवसायमा आवद्ध रहेका छन् । कोशी प्रदेश स्थित सुनसरीका बासिन्दा रहेका उनी काठमाण्डौमा स्थित डेढ दशकदेखि मेनपावर व्यवसायीमा क्रियाशिल रहेका छन् ।
नागरिक टाइम्ससँगको कुराकानीमा हुसेनले आफू कुनै प्यानलमा नभई स्वतन्त्र उम्मेदवारी दिने बताए । ‘संघको नेतृत्वका लागि अप्राकृतिक दलगत गठबन्धनहरु भइरहेका छन् तर मेरो स्वतन्त्र उम्मेदवारी रहनेछ ।’
उनले भने- व्यवसायीका पक्षमा काम गर्नका लागि कुनै पार्टीमा लाग्नै पर्छ भन्ने छैन, मेरो स्वतन्त्र रुपमा प्रथम उपाध्यक्ष पदमा उम्मेद्धारी रहनेछ ।
तराई वैदेशिक रोजगार समाजका वरिष्ठ उपाध्यक्ष समेत रहेका हुसेन व्यवसायी माझ लोकप्रिय नाम मानिन्छ । उनले भने संघलाई पार्टीमुखी नभई व्यवसायीमुखी बनाउनुपर्छ’
स्पष्टवक्ताका रुपमा चिनिएका हुसेन अघिल्लो कार्यसमितिमा द्धितिय उपाध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिएका थिए । यसपटक फेरि चुनावी मैदानमा उत्रेका उनले भने- मेनपावर व्यवसायीलाई अनेक प्रकारबाट दुःख दिइदैछ ।, मेरो अभिप्राय केवल मेनपावर व्यवसायीका हकमा ओकालत गर्नु हो ।’
वैदेशिक रोजगारलाई सम्मानित, मर्यादित र व्यवस्थित रोजगार बनाउने मान्यता बोकेर संघको नेतृत्व गर्नका लागि आफू अघि बढेको हुसेनले बताएका छन् ।
उनी भन्छन्-‘ संघको पदमा नहुँदा पनि डिजिटल प्रतिकारको अवधारणा ल्याएर व्यवसायीलाई सोसलाइज, सुरक्षित र एकीकृत गराउन म सफल भएकै हो । अव यो व्यवसायलाई उच्च सम्मानित पेशा बनाउने पहलका लागि मेरो उम्मेदवारी रहेको छ ।’
उता, संघको प्रथम उपाध्यक्षमा नरेश गेलाल प्यानलबाट सुजितकुमार श्रेष्ठ र भुवन गुरुङ प्यानलबाट नरेन्द्र ढकालले यस अगाडि नै उम्मेदवारी घोषणा गरिसकेका छन् ।