Logo
२३ चैत्र २०८१, आईतबार
(April 4, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अदालतबाट अन्तरिम आदेश नपाएपछि कुलमान घिसिङको पत्रकार सम्मेलन

बक्यौता उठाएकैले मलाई पदबाट हटाइयो– कुलमान घिसिङकाठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् महसुल बक्यौता उठाएकै कारण आफूलाई सरकारले पदबाट हटाएको प्रस्टीकरण दिएका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले आफूले विद्युत् महसुल बक्यौता अदालतको आदेशअनुसार उठाएको तर सरकारले बक्यौता उठाएकै कारण आफूलाई हटाएको बताएका हुन् । उनले आफूले बक्यौता नउठाउन आएका दबाब र प्रभावलाई आफूले अस्वीकार गरेको पनि बताए ।

‘बक्यौता उठाउने मेरो प्रयास नै म पदबाट हट्नुपर्ने मुख्य कारण बनेको छ’, घिसिङले पत्रकार सम्मेलनमा भने, ‘सार्वजनिक संस्थाको बक्यौता उठाउन खोज्ने मेरो प्रयास राज्यविरुद्धको अपराध हो ? यसको जवाफ इतिहास र नेपाली जनताले अवश्य माग्नेछ ।’

उनले संस्था र राष्ट्रप्रति घात गर्न आफूले नसकेको भन्दै कानुनअनुसार नै आफूले काम गर्दा समेत दबाब र प्रभाव थेग्नुपरेको बताए ।

प्रकाशित मिति: Apr 4, 2025

प्रतिक्रिया दिनुहोस्