Logo
२४ चैत्र २०८१, सोमबार
(April 3, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ हाजिरी रजिस्ट्रर खडा गरेर गुरागाईंले गरे महानगरमा हाजिर

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा जिम्मेवारी सम्हाल्न पुगेका प्रमुख प्रशासकीय सरोज गुरागाईंले नयाँ हाजिरी रजिस्ट्रर खडा गरेर हाजिर गरेका छन् ।

जनप्रतिनिधि र कर्मचारीको सहयोगमा कार्यालय पुगेका गुरागाईं कार्यकक्षमा लागेको ताला फोडेर भित्र पसेका थिए । जनप्रतिनिधि र कर्मचारीको सहयोगमा महानगर प्रहरीको अवरोध छिचोल्दै गुरागाईँ कार्यकक्षमा पुगे पनि महानगरको हाजिरी रजिस्ट्रर मेयर बालेन शाहले राखेका थिए । उपप्रमुखसहितका जनप्रतिनिधि र कर्मचारीहरूसहित गुरागाईँ महानगर पुग्दा बालेन शाह भने थिएनन् ।

‘पुरानो हाजिरी रजिस्ट्रर मेयर सापले राखेकाले नयाँ हाजिरी रजिस्ट्रार खडा गरेर प्रमुख प्रशासकीय अधिकृतले हाजिर गर्नुभएको छ’, महानगर स्रोतको भनाइ छ ।

यसअघि मेयर बालेन शाहले पुरानो बसपार्कको काठमाडौँ टावर निर्माण अनुमति दिँदा अनियमितता गरेको भन्दै गुरागाईंलाई निलम्बन गरेका थिए ।

प्रकाशित मिति: Apr 3, 2025

प्रतिक्रिया दिनुहोस्