रास्वपामा फर्किए रवि लामिछाने, भोलिको बैठकमा सहभागी हुने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पार्टीमा फर्किएका छन् । कास्की जिल्ला अदालतमा सहकारी ठगीलगायत चार कसुरमा मुद्दा दर्ता भएपछि लामिछाने पार्टीको जिम्मेवारी अलग भएका थिए ।
त्यस्तै पार्टी उपसभापति डिपि अर्यालले पुस ८ यता लामिछानेको जिम्मेवारी सम्हालिरहेकामा रवि लामिछाने पुनः पुरानै जिम्मेवारीमा फर्किएका हुन् । लामिछाने भोलिको पार्टीको बैठकमा सहभागी हुने भएका छन् ।
भोलि दिउँसो पार्टीको केन्द्रीय समितिको विशेष बैठकबाट रास्वपाले रविलाई पार्टीमा भित्राउने भएको छ । सोमबारको पहिलो बैठकमा कार्यवहाक सभापति डिपि अर्यालले धन्यवाद ज्ञापन गर्ने र दोस्रो बैठक लामिछानेको नेतृत्वमा हुने बताइएको छ ।