Logo
१८ चैत्र २०८१, मंगलबार
(March 30, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी ९ दिनदेखि आन्दोलित (तस्बिरहरू)

काठमाडौँ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्राउने गरी ल्याएको ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ तुरुन्त फिर्ता लिनुपर्ने माग राख्दै ९ दिन देखि प्राधिकरणका कर्मचारीहरू आन्दोलित भएका छन् ।

सिनामंगलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा बिहानैदेखि कर्मचारीहरूले हातमा कालो पट्टी बान्दै २ बजे सम्म पेन डाउन गरी सो विधेयकको विरोध गरेका हुन् ।

सरकारले उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकाय छुट्टै बनाउन संसद्मा पेस गरेको दुई विधेयकप्रति आपत्ति जनाउँदै कर्मचारीहरू आन्दोलनमा उत्रिएको प्राधिकरणका आधिकारिक ट्रेड युनियनका अध्यक्ष सुभाष कोइरालाले बताए ।

कर्मचारीहरूले ‘हवाई माफियाहरू होसियार’, ‘हवाई क्षेत्रमाथि हुन लागेको निजीकरण बन्द गर’ भन्दै नारासमेत लगाएका छन् ।

 

प्रकाशित मिति: Mar 30, 2025

प्रतिक्रिया दिनुहोस्