प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीले आइतबार साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी सर्वदलीय बैठक बोलाएका हुन्।
प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आह्वान गरेको कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए।
उनका अनुसार पछिल्ला राजनीतिक घटनाक्रमसँगै संसद् र सरकार सञ्चालनका विषयहरूमा छलफल गर्न बैठक बोलाइएको हो।