Logo
१९ चैत्र २०८१, बुधबार
(March 30, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदी घट्यो

 नेपाली बजारमा आज सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ ।

अघिल्लो दिनको तुलनामा आज मूल्य प्रतितोला ६ सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज  सुनको भाउ प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँ तोकेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ७६ हजार २ सय रुपैयाँ थियो। शनिबार बिदा भएकोले महासंघले आज सुनको नयाँ मूल्य तोकेको हो। महासंघले अन्तर्राष्ट्रिय मूल्य अनुसार सुनको भाउ तोक्ने गर्दछ।

आज चाँदीको भाउ घटेको छ। अघिल्लो दिन प्रतितोला २ हजार ४० रुपैयाँ रहेको चाँदी आज २ हजार २५ रुपैयाँमा झरेको छ।

प्रकाशित मिति: Mar 30, 2025

प्रतिक्रिया दिनुहोस्