Logo
१८ चैत्र २०८१, मंगलबार
(March 30, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वराजाले जरिवाना बुझ्न नमानेपछि महानगरले हुलाकमार्फत् पठाउने

पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं महानगरपालिकाले पठाएको पत्र बुझ्न निर्मल निवासले अस्वीकार गरेको छ।

शुक्रबार तीनकुनेमा पूर्वराजाको योजनामा आन्दोलन भएको भन्दै त्यहाँ भएको क्षतिको यकिन गरी महानगरले सात लाख ९३ हजार रुपैयाँ जरिवाना शाहमार्फत भराउने निर्णय गरेको थियो।

त्यहीअनुसार महानगर प्रहरीको टोली आज बिहान महाराजगञ्जस्थित निर्मल निवास पुगेको हो।

तर, पत्र बुझ्न अस्वीकार गरेपछि टोली फर्किएको महानगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीले जानकारी दिए उनका अनुसार आज हुलाकमार्फत सो पत्र पठाइनेछ।

प्रकाशित मिति: Mar 30, 2025

प्रतिक्रिया दिनुहोस्