जरिवाना पत्र बोकेर निर्मल निवास पुगेको महानगरको टोली नबुझाइ फर्कियो
निर्मल निवासले काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार गरेको छ।
आज जरिवाना पत्र बुझाउन महानगरको टोली निर्मल निवासमा पुगेपनि बुझ्न अस्वीकार गरेपछि अब हुलाकमार्फत पठाउने तयारी भएको महानगरले जनाएको छ।
चैत्र १५ गते काठमाडौंमा भएको राजावादीको प्रदर्शनका क्रममा प्रदर्शनकारीले भौतिक क्षति गरेको भन्दै विभिन्न शीर्षमा गरी महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा ७ लाख ९३ हजार बराबरको जरिवाना पत्र काटेको थियो।