Logo
१७ चैत्र २०८१, सोमबार
(March 28, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वराजा ज्ञानेन्द्रलाई इतिहासमा फर्कने दुस्सासह नगर्न प्रचण्डको चेतावनी

काठमाडौं, १५ चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजावादीहरुको प्रदर्शन अराजकताको पराकाष्ठा भएको टिप्पणी गरेका छन् । उनले राजावादीहरुको प्रदर्शनलाई मण्डलेहरुको पराकाष्ठा भएको भन्दै कडा आलोचना गरेका छन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अर्को गल्ती नगर्न खुला चेतावनी दिए ।

समाजवादी मोर्चाको ब्यानरमा राखिएको विरोध जनसभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले नेपाली जनता अग्रगामी बाटोमार्फत अघि बढिसकेकोले अब पछि फर्कने अवस्था नरहेको जिकिर गरे । उनले नेपाली जनता र राजनीतिक दललाई कमजोरी ठानेर इतिहासमा फर्कने दुस्साहस नगर्न ज्ञानेन्द्रलाई चेतावनी दिए ।

उनले भने,‘मण्डले अराजकताको पराकाष्ठा भएको छ । प्रतिगामीहरुको प्रतिकजस्तो देखिएको छ । घरमा आगो लगाएका छन्, मण्डलेहरुले । पुलिसमाथि प्रहार । एक÷दुई जना मान्छे मरुन् भन्ने राजावादीहरुले चाहेका छन्, हामी यहाँ लाखको वरिपरि जम्मा छौं । गणतन्त्रवादीहरुको चरित्र । हामीले सामन्ती निरंकशुतन्त्रलाई त पछारेकै हो । तर, दलाल र पुँजीपतिहरुलाई, तिनीहरुको साईनो र घाँटी समान्तीसँग जोडिएको हुन्छ ।

प्रकाशित मिति: Mar 28, 2025

प्रतिक्रिया दिनुहोस्