Logo
१८ चैत्र २०८१, मंगलबार
(March 28, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म्यानमारमा ७‍‌.७ म्याग्निच्युडको भूकम्प, चीन र थाइल्याण्डमा पनि क्षति

काठमाडौं । म्यानमारमा  शक्तिशाली भूकम्प गएकाे  छ । आज मध्यान्नमा ७.७ रेक्टर स्केलको भूकम्प गएको संयुक्त राज्य भूगर्भ सर्वेक्षण ( युएसजीएस) ले  जनाएकाे छ ।

युएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु बर्मेली शहर सागाइङबाट १६ किलोमिटर (१० माइल)उत्तरपश्चिममा, मन्डले शहर नजिकै रहेको छ । यो राजधानी नेपिडावबाट लगभग १०० किलोमिटर उत्तरमा रहेको क्षेत्र हो।

चीन र थाइल्याण्डमा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको क्षतिबारे विवरणहरु आउने क्रम जारी छ । बैंककमा बढी क्षति पुगेको हुन सक्ने अधिकारीहरुले जनाएको अन्तराष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ।

प्रकाशित मिति: Mar 28, 2025

प्रतिक्रिया दिनुहोस्