Logo
१७ चैत्र २०८१, सोमबार
(March 28, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तिनकुनेमा भेला भए राजावादी, चाबहिलबाट अघि बढे सुवेदी (तस्वीरहरू)

१५ चैत, काठमाडौं । काठमाडौंको तिनकुनेमा राजावादीहरू भेला हुन थालेका छन् । राजसंस्था पुनस्थापना र हिन्दू राज्यसहितका माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरूको प्रदर्शनलाई लिएर प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । राजावदीहरूका लागि तय भएका विभिन्न क्षेत्रबाट जुलुस निस्किएका छन् ।

चाबहिलबाट राजतन्त्र पुनस्थापना अभियानका संयोजक नवराज सुवेदी अघि बढेका छन् । उनीहरू गौशाला–एयरपोर्ट–सिनामंगल हुँदै तिनकुने पुग्ने कार्यक्रम छ ।

उता, गणतन्त्र पक्षधरहरूले पनि विभिन्न क्षेत्रबाट जुलुस निकालेका छन् । उनीहरू भृकुटीमण्डपमा जम्मा भएर सभा गर्दैछन् ।

प्रकाशित मिति: Mar 28, 2025

प्रतिक्रिया दिनुहोस्