राजावादी समर्थकहरु तीनकुनेबाट जबरजस्ती बानेश्वर आउन खाेजेपछि प्रहरीसँग धकेलाधकेल
काठमाडौं । काठमाडौंको तीनकुनेमा प्रहरी र राजावादी समर्थकहरुबीच धकेलाधकेल भएकाे छ ।
तीनकुने भेला भएको राजावादी समर्थकहरु नयाँ बानेश्वरतर्फ प्रवेश गर्न खोज्दा प्रहरीले रोकेपछि घम्साघम्सी भएको हो ।
प्रहरीले तीनकुने पुलबाट बानेश्वर प्रवेशमा समर्थकहरुलाई रोक लगाएको छ । कोटेश्वरबाट आएको र्याली तीनकुने पुल क्रस गर्न खोजेपछि प्रहरीले रोकेको थियो । तीनकुने क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ ।