Logo
१७ चैत्र २०८१, सोमबार
(March 28, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गणतन्त्रवादी र राजावादीहरूको प्रदर्शनले यातायात आवागमन अस्तव्यस्त

काठमाडौं । तीनकुनेदेखि नयाँ बानेश्वर क्षेत्रको सडकको मुख्य लेन बन्द गरिएको छ ।

दुई पक्षको प्रदर्शनका क्रममा हुनसक्ने अप्रिय घटना रोक्नका लागि प्रहरीले सुरक्षा व्यवस्था चुस्त बनाएको छ ।

सर्वसाधारणलाई साइड लेनबाट हिँड्न दिइएको छ । भने संकास्पद गाडीहरुलाई चेकिङ गरेर मात्रै पठाईको छ ।

गणतन्त्रवादी र राजावादीले गर्ने छुट्टाछुट्टै र्‍याली, प्रदर्शन र सभाका कारण काठमाडौं उपत्यकाको यातायात प्रभावित भएको छ ।

गणतन्त्र पक्षधर चार दलीय समाजवादी मोर्चा नेपालले काठमाडौंको भृकुटीमण्डपमा र व्यवस्था विरोधी राजावादीहरूले तीनकुनेमा सभासहितको शक्ति प्रदर्शन गर्दै छन् ।

त्यसअघि उनीहरुले उपत्यकाका विभिन्न स्थानबाट र्‍याली निकाल्ने तयारी गरेका छन्।

प्रकाशित मिति: Mar 28, 2025

प्रतिक्रिया दिनुहोस्