समाजवादी मोर्चाको शक्ति विन्यास- ४ ‘आर्क’मा माओवादी, बाँकी ठाउँमा तीन दल
काठमाडौं । समाजवादी मोर्चाले आन्दोलनका जुलुस निकाल्ने लागि रुटहरू तय गरेको छ । मोर्चामा रहेका दलहरूले फरक फरक ठाउँमा भेला भएर भृकुटीमण्डपसम्म प्रदर्शन गर्नेछन् । माओवादीले चार स्थानबाट जुलुस निकाल्ने छ भने, बाँकी थानबाट मोर्चाका अन्य दलले जुलुस निकाल्ने तयारी गरेका छन् ।
नेकपा माओवादी केन्द्रले माइतीघर मण्डलामा भेला भएर बबरमहल माइतीघर मण्डला, थापाथली, त्रिपुरेश्वर, शहिदगेट, भद्रकाली हुँदै मञ्च, यस्तै कुपण्डोलबाट थापाथली चोक, त्रिपुरेश्वर सुन्धारा, न्यरोड, शान्तिबाटिका, पुरानो बसपार्क हुँदै मञ्चसम्म पुग्ने छ ।
यस्तै, त्रिपुरेश्वरबाट सुन्धारा, न्युरोड गेट शान्तिबाटिका, पुरानो बसपार्क हुँदै सुन्धाराको जुलुससँग मिसिने र सोह्रखुट्टे असन, भोटाहिटी, विश्वज्योती, घण्टाघर, पुतलीसडक, मद्मोदयमोड हुँदै मञ्च भोटाहिटीमा न्यूरोड गेटको जुलुससँग मिसिने तय भएको छ ।