Logo
१७ चैत्र २०८१, सोमबार
(March 28, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तीनकुनेमा ठडिँदै राजावादीको मञ्च (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँमा आज एकसाथ  गणतन्त्रवादी र राजावादीहरूले प्रदर्शन गर्दै छन् । त्यसका लागि धमाधम मञ्च निर्माण भइरहेका छन् ।

राजावादीहरूले तीनकुनेमा प्रदर्शन गर्न लागेका हुन् । त्यहाँ मञ्च निर्माणको काम धमाधम चलिरहेको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा पूर्वराजका समर्थकहरूले यहाँ प्रदर्शन गर्न लागेका हुन् ।

नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ र राप्रपाले पनि यस प्रदर्शनमा साथ दिने भएका छन् ।
 

प्रकाशित मिति: Mar 28, 2025

प्रतिक्रिया दिनुहोस्