प्रधानमन्त्री ओलीले बनाए महिला उद्यमीको चित्र (तस्बिरहरु)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला उद्यमीको चित्र बनाएका छन् । ८ औँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०८१ उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीले महिला उद्यमीको चित्र बनाएका हुन् ।
८ औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०८१ आजदेखि सुरु भएको छ । ललितपुरको हरिटेज गार्डेन, सानेपामा आयोजना गरिएको व्यापार मेला चैत १४ देखि १८ गतेसम्म (बिहीबारदेखि सोमबारसम्म) सञ्चालन हुनेछ।