हितेन्द्रदेव शाक्यको पनि रिट दर्ता, भोलि नै दुवैकाे पेसी
नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट निवेदन पनि सर्वोच्च अदालतमा दर्ता भएको छ ।
यसअघि निवेदनको ढाँचा नमिलेको भन्दै सच्याउन पठाइएकोमा, आवश्यक संशोधन गरेपछि अन्ततः बिहीबार निवेदन दर्ता गरिएको सर्वोच्च प्रशासनले जनाएको छ ।
यसअघि प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध पनि सर्वोच्चमा रिट परेको थियो । दुवैको रिटमाथि शुक्रबार प्रारम्भिक सुनुवाइ हुँदै छ ।