Logo
१७ चैत्र २०८१, सोमबार
(March 27, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्मल निवास छिरेपछि दुर्गा प्रसाईं बने राजावादी आन्दोलनका ‘कमान्डर’ (तस्बिरहरू)

 निर्मल निवासमा छिरेर निस्किएपछि ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ‘कमान्डर’ तोकेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरि राजगद्धीमा फर्काउने नाममा गठन भएको समितिले शुक्रबार हुन लागेको आन्दोलनका लागि प्रसाईंलाई कमान्डर तोकेको हो ।

चाबहिलको स्मार्ट पार्टी प्यालेसमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले प्रसाईंलाई ‘कमान्डर’ तोकिएको जानकारी दिए ।

राजावादीले व्यवसायी प्रसाईंकै नेतृत्वमा शुक्रबार काठमाडौंमा प्रदर्शन गर्दैछन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूको प्रदर्शनका लागि तीनकुनेलाई स्थान तोकेको छ ।

प्रसाईंले बिहीबार दिउँसो निर्मल निवास छिरेर पूर्वराजा शाहसँग मन्त्रणा गरेका थिए। गत फागुन २५ मै प्रसाईंले निर्मल निवास छिर्न खोजेका थिए। तर त्यसबेला उनलाई निर्मल निवासमा इन्ट्री मिलेको थिएन । प्रसाईंसँगै बिहीबार आन्दोलन समितिका संयोज सुवेदीले पनि पूर्वराजा शाहलाई भेटेका छन् ।

 

प्रकाशित मिति: Mar 27, 2025

प्रतिक्रिया दिनुहोस्