Logo
१६ चैत्र २०८१, आईतबार
(March 27, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ललितपुरमा खुकुरी प्रहार गरेर युवकको हत्या

काठमाडौँ । ललितपुरको इमाडोल स्थित ओचुहाइटमा एकजना युवकको हत्या भएको छ । रामेछाप घर भएर महालक्ष्मी नगरपालिका–४ ओचुहाइट बस्ने ३० वर्षीय रिपक खातीको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मीले बताए ।

गएराति पौने १ बजेतिर रामेछाप घर भएका सुमन रसाइलीले उनलाई खुकुरी प्रहार गरेर हत्या गरेका हुन् । हत्यामा संलग्न २५ वर्षीय रसाइलीलाई पक्राउ गरिएको एसपी रेग्मीले जानकारी दिए ।

आपसमा विवाद हुँदा आरोपीले खुकुरी प्रहार गरेका हुन् । मृतकको घाँटीको दुवै भाग र गालामा चोट देखिएको छ ।

प्रकाशित मिति: Mar 27, 2025

प्रतिक्रिया दिनुहोस्