Logo
१७ चैत्र २०८१, सोमबार
(March 27, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दक्षिण कोरियामा अहिलेसम्मकै ठुलो डढेलो ः मृत्यु हुनेको संख्या २६ पुग्यो (तस्बिरहरू)

south korea forest fire (2)सिओल । दक्षिण कोरियामा अहिलेसम्मकै सबैभन्दा ठुलो डढेलोमा मृत्यु हुनेको संख्या २६ पुगेको छ । यसमा ३० जना घाइते भएका छन् जसमध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ ।

अधिकारीहरूले मृत्यु हुने अधिकांशको उमेर ६० देखि ७० वर्षको बिचमा रहेको जानकारी दिएका छन् । बुधबार डढेलो नियन्त्रणका लागि परिचालन गरेको हेलिकप्टर दुर्घटना हुँदा एक जना पाइलटको निधन भएको थियो । कम्तीमा ३ जना अग्नि नियन्त्रकहरूले पनि ज्यान गुमाइसकेका छन् ।

south korea forest fire (3)

डढेलो नियन्त्रण गर्नका लागि हजारौँ अग्नि नियन्त्रकहरूका साथै सैनिक परिचालन गरिएको छ । डढेलो सांस्कृतिक सम्पदाहरूमाथि ठुलो खतरा बनेको छ । उइसोङ सहरमा आगलागीका कारण सन् ६१८ मा बनेको गौन्सा मन्दिर ध्वस्त बनेको छ । यो सो प्रान्तको सबैभन्दा ठुलो मन्दिरमध्ये एक थियो ।

south korea forest fire (1)

यो डढेलो गत शुक्रबार सान्चेओङ काउन्टीबाट सुरु भएको थियो । हालसम्म यो थप ६ वटा काउन्टीमा फैलिसकेको छ । तीव्र र  सुक्खा हावाको कारण यो अझ फैलिरहेको छ ।

south korea forest fire (4)

दक्षिण कोरियाको विपद् व्यवस्थापनका प्रमुख ली हान क्युङले बिहीबार डढेलो ३५ हजार ८१० हेक्टरमा फैलिसकेको बताए । देशको इतिहासमा यो सबैभन्दा ठुलो डढेलो भएको उनले जिकिर गरे । यसअघि सन् २००० मा लागेको डढेलोले २३ हजार ९१३ हेक्टर क्षेत्रमा क्षति पुर्‍याएको थियो ।

south korea forest fire (5)

south korea forest fire (6)

south korea forest fire (7)

south korea forest fire (8)

south korea forest fire (9)

south korea forest fire (10)

प्रकाशित मिति: Mar 27, 2025

प्रतिक्रिया दिनुहोस्