Logo
१५ चैत्र २०८१, शनिबार
(March 26, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुलमान हटाएको विषयमा प्रधानमन्त्रीले रोष्ट्रमबाट जवाफ नदिएसम्म संसद चल्दैनः प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलमानलाई हटाएको विषयमा प्रधानमन्त्रीले रोष्ट्रममा आएर जवाफ नदिएसम्म हाउस चल्न नदिने बताएका छन् । उनले प्रधानमन्त्रीले यसलाई सहज रुपमा लिनुपर्ने बताएका हुन् ।

संसद भवनमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै उनले उनले यस्तो बताएका हुन् । ‘उहाँले आएर स्पष्टीकरण दिनुपर्ने हुन्छ । स्पष्टीकरण चित्तबुझ्दो भयो तुरुन्तै हाउस चल्छ, स्पष्टीकरण पनि जालझेलको भयो भने आन्दोलन अघि बढ्छ’, प्रचण्डले भने ।

आज बिहान ११ बजेका लागि बोलाइएको बैठक ढिलो गरी सुरु भएको थियो । बैठक सुरु भएलगत्तै प्रतिपक्षी दलहरुले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकराण्का कार्यकारी निर्देशक पदबाट सरकारले बर्खास्त गरेको विषयप्रति विरोध जनाउँदै बैठक अवरोध गरेका थिए । विपक्षी दलको अवरोधपछि सभामुखले बैठक केही समयका लागि स्थगन गरेका छन् ।

त्यसपछि सभामुखले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न पाँच दलका नेताहरुसँग छलफल गर्नुभएको सभामुखको निजी सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: Mar 26, 2025

प्रतिक्रिया दिनुहोस्