Logo
१४ चैत्र २०८१, शुक्रबार
(March 26, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गर्न लागेको भन्दै कर्मचारीको विरोध

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गर्ने कानुन ल्याउन लागिएको भन्दै  प्राधिकरणमा कार्यरत कर्मचारीहरूका संगठनले विरोध जनाएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०८१ तुरुन्त फिर्ता गर्नुपर्ने माग राख्दै आधिकारिक ट्रेड युनियन प्राधिकरणले कार्यालयमा धर्ना दिएका हुन् ।

उनीहरूले हवाई क्षेत्रमाथि निजीकरण गर्न लागिएको भन्दै विरोध जनाएका छन् । दुई विधेयक देशको हितमा नरहेको भन्दै विरोध गरिएको आधिकारिक ट्रेड युनियन, नेपाल नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष सुवास कोइरालाले बताए । उनले सरोकारवालासँग कुनै छलफल नगरी ल्याइएको भन्दै विधेयक फिर्ता नभएसम्म निरन्तर आन्दोलन गरिने उल्लेख गरे ।

सरकारले ल्याएको विधेयक विमानस्थलको निजीकरण गरी राज्यको स्रोतको माफियाकरण गर्ने कुनियततर्फ लक्षित रहेको उनले आरोप लगाए ।

प्रकाशित मिति: Mar 26, 2025

प्रतिक्रिया दिनुहोस्