Logo
१४ चैत्र २०८१, शुक्रबार
(March 26, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इटहरीमा भिषण आगलागी, उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर जाँदै

सनुसरी । सुनसरीको इटहरी चोकमा रहेको सेन्ट्रल प्लाजामा भिषण आगलागी भएको छ । बुधबार बिहान ९ बजेदेखि सूरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।

इटहरी चोकबाट पूर्व काँकडभिट्टा रोडको उत्तरतर्फ रहेको सेन्ट्रल प्लाजाको पाँचौ तलाबाट आगलागी सुरू भएको थियो। अहिले पाँचौं‌, छैटौं र सातौं तलमा आगो लागिरहेको सुनसरी प्रहरीले जनाएको छ।

भवन भित्र होटल वरन्डा, वरन्डा रेस्टुरेन्ट, क्युएफेक्स सिनेमा हल, सनराई बैक तथा अन्य साना पसलहरु पनि छन् । अहिले होटल तथा रेस्टुरेन्टमा रहेका  मानिसहरु आगोमा फसेको प्रहरीले जनाएको छ । उद्धारका लागि काठमाडौबाट नेपाली सेनाको हेलिकप्टर सुनसरी जान लागेको गृह मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म भवन भित्रबाट ७ जनाको उद्धार भएको  इटहरी उपमहानगरपालिका ६का वडा अध्यक्ष दिवस पोखरेलले बताएका । अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ भने दमकलले आगो नियन्त्रणमा लिने प्रयास भैरहेको छ ।

अहिले आगो झन् बढीरहेको जनाइएको छ ।

प्रकाशित मिति: Mar 26, 2025

प्रतिक्रिया दिनुहोस्