Logo
१४ चैत्र २०८१, शुक्रबार
(March 26, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिचन्द्रमा फेरि स्थगित भयो स्ववियु चुनाव

१३ चैत, काठमाडौं । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा फेरि स्ववियु चुनाव स्थगित भएको छ । ५ चैतमा चुनाव हुन नसकेपछि १३ गतेका लागि तोकिएको थियो ।

तर विद्यार्थीको तालाबन्दीका कारण स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ । ‘मतदानका लागि वातावरण सहज नदेखिएको र केही विद्यार्थीले क्याम्पसको मुख्य द्वारमा पुनः तालाबन्दी गरेकाले’ अनिश्चितकालका लागि निर्वाचन स्थगित गरिएको निर्वाचन समितिले मंगलबार राति जारी गरेको सूचनामा उल्लेख छ ।

‘त्रि.वि. केन्द्रीय कार्यालय तथा अन्य सम्बद्ध पक्षसँगको परामर्शपछि मतदानको मिति र समय तोकी अर्को सूचना प्रकाशन गर्ने गरी चैत्र १३ मा तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मतदान कार्य स्थगित गरिएको  छ,’ समितिले जारी गरेको सूचनामा लेखिएको छ ।

निर्वाचनको सम्पूर्ण तयारी हुँदाहुँदै पनि तालाबन्दीका कारण स्थगित गर्नुपरेको निर्वाचन अधिकृत डा. अङ्गदमणि गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

त्रिचन्द्रको स्ववियु अध्यक्षका लागि ९ जनाको उम्मेदवारी परेको छ । तीमध्ये स्ववियु अध्यक्षका उम्मेदवारद्वय विवेक बानियाँ र श्रीधर श्रेष्ठले मतपत्रको विषयलाई लिएर ताला लगाएका हुन् ।

निर्देशिका अनुसार गोलाप्रथाबाट उम्मेदवारको क्रम निर्धारण गर्ने भनिएको तर उम्मेदवारले दर्ताको आधारमा हुनुपर्ने माग राखेर ताला लगाएको निर्वाचन समितिले जनाएको छ ।

श्रेष्ठ नेविसंघबाट बागी उठेका थिए । तर, नेविसंघको केन्द्रले उनलाई आधिकारिकता नदिएपछि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी बानिया स्वाभिमानी स्वतन्त्र विद्यार्थी संघबाट सभापतिको उम्मेदवार बनेका छन् ।

प्रकाशित मिति: Mar 26, 2025

प्रतिक्रिया दिनुहोस्