Logo
१२ चैत्र २०८१, बुधबार
(March 25, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार वृजकुमार यादवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, १२ चैत्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर टुडेका अध्यक्ष एवम प्रधान सम्पादक वृजकुमार यादवविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । यादवसहित ३ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार गरेको अभियोगमा अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरुविरुद्ध धनुषाको बटेश्वर गाउँपालिका अन्तर्गतका वडामा स्वास्थ्य चौकी भवन र डिप बोरिङ तथा डिप बोरिङ हाउस निर्माण कार्यमा अनियमितता गरेको अभियोग छ । पत्रकार यादवसहित गाउँपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरी र गाउँपालिकामा लेखा हेर्ने छैठौ तहका अधिकृत सुमनकुमार पुरी बिरुद्ध भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारको अनुसन्धानको क्रममा सार्वजनिक खरिद ऐन बमोजिम राष्ट्रिय स्तरको दैनिक पत्रिकामा बोलपत्र आव्हानको सूचना प्रकाशन गर्नुपर्नेमा पालिकाका दुई जना कर्मचारी र जनकपुर टुडेका प्रधान सम्पादक एवम अध्यक्ष यादवसँगको मिलोमतोमा उक्त बोलपत्र आह्वानको सूचना लुकाई छुपाई एक प्रतिमात्र आह्वान गरेको पाइएको आयोगको भनाई छ ।

प्रकाशित मिति: Mar 25, 2025

प्रतिक्रिया दिनुहोस्