Logo
१४ चैत्र २०८१, शुक्रबार
(March 25, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नबिल बैंकका सीईओ ढुंगानाले दिए राजीनामा

काठमाडौँ — नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले राजीनामा दिएका छन् । आइतबार देखि लागू हुनेगरी बैंकको सीईओ पदबाट राजीनामा दिएको ढुंगानाले बताए ।

दुई वर्षे कार्यकाल सकिन १४ महिना बाँकी रहँदै उनले राजीनामा दिएका हुन् । ‘मैले गत आइतबारदेखि नै मेरो राजीनामा स्वीकृत भएको छ,’ उनले भने ।

२०८१ जेठ २ मा बसेको नबिल बैंक सञ्चालक समितिको बैठकले ढुंगानालाई २ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: Mar 25, 2025

प्रतिक्रिया दिनुहोस्