Logo
१४ चैत्र २०८१, शुक्रबार
(March 25, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अझै नियन्त्रणमा आएन दाङको प्लाई उद्योगमा आइतारदेखि लागेको आगो

काठमाडौँ । दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको साङ्ग्रिला प्लाई उद्योगमा लागेको आगो नियन्त्रण अझै नियन्त्रणमा आउन सकेको छैन । आइतबार राति १ बजेदेखि लागेको आगो अझै पनि नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी चक्र बहादुर शाहले जानकारी दिऐ । अहिले पनि आगो नियन्त्रणको प्रयास भइरहेको डिएसपी शाहले जानकारी दिए ।

आगो नियन्त्रणका लागि दाङ लगायत बाँके , बर्दिया , कपिलवस्तु र रुपन्देहीबाट दमकल ल्याइएको भएपनि आगो नियन्त्रणमा सकस भइरहेको उनको भनाइ छ । अहिले ८ वटा दमकले आगो निभाइरहेका छन् ।

उद्योगमा काठ र अरू कच्चा पदार्थ, प्लाई बनाउन प्रयोग हुने धेरै सामग्री भएकाले आगो नियन्त्रणमा आउन नसकेको डिएसपी शाहले जानकारी दिए ।

आगलागीबाट करोडौँको क्षति भएको अनुमान गरिएको छ । यद्यपि अझै क्षतिको विवरण आउन सकेको छैन । आगलागीको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । आगो निभाउन ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, नगर प्रहरी, तथा स्थानीयवासी खटिएका छन् ।

प्रकाशित मिति: Mar 25, 2025

प्रतिक्रिया दिनुहोस्