बालेनको चुनौतीः भ्रष्टाचारी संरक्षण गर्ने सरकार गलत भए मलाई जेल हाल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाउँदै गलत भए आफूलाई जेल हाल्न चुनौती दिएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार, अनि हामी सुशासनको कुरा चाहिँ भाषणमा सुन्नु पर्ने ?
काठमाडौँ महानगरपालिका २८ मा निर्माणाधीन काठमाडौँ टावर परियोजना बारे राय निर्णय सार्वजनिक गर्दै उनले आफूले उठाएका विषय गलत भए जेल हाल्न चुनौती समेत दिएका हुन् ।