Logo
१२ चैत्र २०८१, बुधबार
(March 24, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रमिकलाई तोकिएको न्यूनतम पारिश्रमिक अनिवार्य दिन विभागले गरायो सचेत

११ चैत, काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकका लागि तोकिएको न्यूनतम पारिश्रमिक अनिवार्य दिन सबै उद्योग/प्रतिष्ठानलाई सचेत गराएको छ ।

कतिपय उद्योग/प्रतिष्ठानले तोकिएको पारिश्रमिक नदिएको गुनासो/उजुरी आएको भन्दै विभागले न्यूनतम पारिश्रमिक अनिवार्य दिन भनेको हो ।

सरकारले १ साउन २०८० देखि लागु हुने गरी मासिक न्यूनतम पारिश्रमिक १७ हजार ३ सय पुर्‍याएको छ । यो चिया बगान बाहेक सबै श्रमिकको हकमा लागु हुन्छ ।

श्रमिकको दैनिक न्यूनतम पारिश्रमिक ६ सय ६८ र प्रतिघण्टा पारिश्रमिक ८९ रुपैयाँ हुन आउँछ । चिया बगानका श्रमिकका हकमा भने मासिक पारिश्रमिक १३ हजार ८ सय ९३ र दैनिक ५ सय रुपैयाँ छ ।

प्रकाशित मिति: Mar 24, 2025

प्रतिक्रिया दिनुहोस्